काठमाडौं केन्द्रित आन्दोलन गर्दै शिक्षकहरू

काठमाडौं केन्द्रित आन्दोलन गर्दै शिक्षकहरू

काठमाडौं : देशभरका शिक्षकहरूले बुधवारदेखि अनिश्चितकालिन शैक्षिक आन्दोलन गर्ने भएका छन्। उनीहरूले बुधवारबाट काठमाडौँमा आन्दोलन गर्ने भएका हुन्। नेपाल शिक्षक महासङ्घले बुधवारदेखि काठमाडौं केन्द्रित आन्दोलनको घोषणा गरेको थियो।

विद्यालय शिक्षा ऐनका विषयमा गत माघ २० देखि महासङ्घ आन्दोलनमा छ। आन्दोलनमा आएका शिक्षक तथा कर्मचारी विद्यालय शिक्षा ऐन जारी नहुँदासम्म काठमाडौँबाट नफर्किने महासङ्घको दाबी छ।

उनीहरू बुधवार माइतीघर मण्डलामा भेला हुँदैछन्। अपराह्न ४ बजेसम्म हुने प्रदर्शन माइतीघरबाट बानेश्वर पुग्नेछ। हरेक दिन बिहान ११ बजेदेखि ४ बजेसम्म माइतीघर बानेश्वर सडक खण्डमा भेला भएर प्रदर्शन गर्ने महासंघले जानकारी दिएको छ।

चैत २०, २०८१ बुधबार ०८:५२:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।