आईपीएल : कोलकाता र लखनउको खेल अब ६ अप्रिलमा नहुने

आईपीएल : कोलकाता र लखनउको खेल अब ६ अप्रिलमा नहुने

एजेन्सी : भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले अप्रिल ६ मा कोलकाताको इडेन गार्डेन स्टेडियममा हुने कोलकाता नाइट राइडर्स र लखनऊ सुपर जायन्ट्सबीचको खेलको तालिका परिवर्तन गरेको छ।

बीसीसीआईले अब उक्त खेल अप्रिल ८ मा दिउँसो ३:४५ बजेका लागि तोकेको छ।

कोलकाता प्रहरीले बंगाल क्रिकेट संघलाई परिवर्तनको लागि अनुरोध गरेपछि त्यसो गरिएको बीसीसीआईले जनाएको छ। अप्रिल ६ तारिखमा रामनवमी भएको र त्यो दिन शहरभरि ठूलो संख्यामा प्रहरी तैनाथ गरिनेछ।

यो निर्णयसँगै अप्रिल ८ मा दुई खेल हुनेछन्। केकेआर विरुद्ध एलएसजीको खेल दिउँसो हुनेछ। यसैबीच, दोस्रो खेल पञ्जाब किंग्स र चेन्नई सुपर किंग्स बीच हुनेछ।

चैत १६, २०८१ शनिबार १३:४२:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।