शुक्रबारको प्रदर्शन ज्ञानेन्द्र शाहकै योजनामा भएको हो, कडा कारवाही होस : माओवादी केन्द्र

शुक्रबारको प्रदर्शन ज्ञानेन्द्र शाहकै योजनामा भएको हो, कडा कारवाही होस : माओवादी केन्द्र

काठमाडौं : माओवादी केन्द्रले शुक्रबारको प्रदर्शन ज्ञानेन्द्र शाहको योजनामा भएको भन्दै कडा कारबाही गर्न माग गरेको छ।

पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले एक विज्ञप्ति निकालेर शुक्रबारको सम्पूर्ण घटनाप्रति आयोजकलाई जवाफदेही बनाउन र अझ गम्भीर अनुसन्धान गरी दोषीलाई कडाभन्दा कडा कारवाही गर्न माग गरेको हो।

विज्ञप्तिमा शुक्रबारको प्रदर्शनलाई विध्वंशको पराकाष्ट भन्दै दुई जनाको मृत्यु र निजी तथा सार्वजनिक सम्पत्तिको तोडफोड गर्ने कार्यक्रको घोर भर्त्सना गरिएको छ।

सापकोटाले शुक्रबारको समाजवादी मोर्चाको बृहत् जनप्रदर्शन र जनसभाले तत्कातीक रूपमा सरकारप्रति खबरदारी र ज्ञानेन्द्र शाहको योजनाबद्ध उक्साहटमा उदण्ड जत्थालाई एकैसाथ मुखतोड जवाफ दिएको दाबी गरे।

चैत १६, २०८१ शनिबार १२:५५:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।