ज्ञानेन्द्रको मानसिकता नै आपराधिक, सरकारले तत्काल कानूनी दायरामा ल्याओस् : प्रचण्ड

ज्ञानेन्द्रको मानसिकता नै आपराधिक, सरकारले तत्काल कानूनी दायरामा ल्याओस् : प्रचण्ड
फाइल तस्बिर

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई कानूनी दायरामा ल्याउन माग गरेका छन्।

समाजवादी मोर्चाको बैठकमा सहभागी हुनुअघि सञ्चारकर्मीहरूसँग अध्यक्ष प्रचण्डले ज्ञानेन्द्र शाहको मानसिकता नै आपराधिक भएको भन्दै उनलाई कानूनी दायरामा ल्याउन माग गरे।

‘ज्ञानेन्द्र शाहको मानसिकता नै आपराधिकता स्तरको भएको पहिला पनि देखिएकै हो। अहिले पनि देखियो। यही नै समय हो सरकारले कडा कदम चालोस्,’ उनले भने, ‘यस्ता काण्ड गर्नेलाई कानुनी दायरामा ल्याओस्। ज्ञानेन्द्र शाहलाई पनि छाडा हुन नदियोस्।’

उनले सरकार र प्रहरीको पूर्वतयारी राम्रो नहुँदा शुक्रबारको घटना हुन पुगेको उनको निष्कर्ष छ। जानकारी गराएको ४५ मिनेटसम्म पनि प्रहरी फोर्स नदेखिनु बिडम्बना भएको उनको भनाइ छ।

‘हिजो सरकार र प्रहरीको पूर्वतयारी पुगेन। हामीले यो स्तरको दुर्घटना होला भनेर सोचिएन। राजधानीको मुटुमा यस्तो विवेकहीन आपाराधिक गतिविधि हुँदा प्रहरी समयमा आउन नसक्नु यसलाई गम्भीर समीक्षा सरकारले गरोस्’, उनले सुझाव दिए।

चैत १६, २०८१ शनिबार १०:०३:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।