प्रधानमन्त्री कपको उपाधिका लागि आर्मी र पुलिस भिड्दै

प्रधानमन्त्री कपको उपाधिका लागि आर्मी र पुलिस भिड्दै

काठमाडौं : प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेटको उपाधिका लागि साबिक विजेता नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबिच भिड्दैछ

खेल भैरहवाको सिद्धार्थ क्रिकेट स्टेडियममा विहान नौ बजेबाट सुरू हुने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।

भैरहवामा हिजो आयोजित पत्रकार सम्मेलनमा पुलिसका कप्तान दीपेन्द्रसिंह ऐरी र आर्मीका कप्तान विनोद भण्डारी दुवैले उपाधि आफैँले जित्ने दाबी गरे।

सन् २०१७ देखि सुरु भएको प्रधानमन्त्री कपमा पुलिसले दुई र आर्मीले एक पटक उपाधि हात पारेको छ। गत वर्ष फाइनलमा आर्मीलाई हराउँदै पुलिसले उपाधि हात पारेको थियो।

प्रधानमन्त्री कपमा खेलेका नौ खेलमध्ये दुवै टिमले समान आठ खेलमा जित हात पार्दै फाइनलमा स्थान पक्का गरेका थिए।

प्रधानमन्त्री कप पहिलो पटक पूर्ण रूपमा काठमाडौं उपत्यकाबाहिर भएको हो। आर्मी र पुलिसहित एपीएफ र बागमती प्रदेशले मल्टी डे फरम्याटमा हुने जय ट्रफीमा सहभागी हुन पाउनेछन्।

चैत १६, २०८१ शनिबार ०७:२७:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।