प्रहरीले खोजेपछि मोबाइल अफ गरेर लुके प्रसाईँ

काठमाडौँ : गाडीले प्रहरीलाई नै किच्ने प्रयास गरेका दुर्गा प्रसाँई मोबाइल बन्द गरेर सम्पर्कहीन भएका छन्। सोमबार तीनकुनेमा भएको राजावादीहरूको प्रदर्शनमा उनी कमान्डर थिए।
प्रदर्शन हिंसात्मक भएपछि प्रहरीले प्रदर्शनको नेतृत्व गरेकाहरूलाई पक्राउ गरिरहेको छ। रवीन्द्र मिश्र, धवलशमशेर राणा, स्वागत नेपाल लगायत पाँच जना पक्राउ परे पनि प्रसाईँलाई प्रहरीले फेला पार्न सकेको छैन।
उनको मोबाइल अफ रहेको र उनको भक्तपुरको घरमा नभेटिएको सुरक्षास्रोतले बतायो। तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा तोडफोड र आगजनीमा संलग्न रहेको आरोपमा प्रहरीले ५५ जनालाई पक्राउ गरिसकेको छ।
चैत १६, २०८१ शनिबार ००:३४:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।