फोटो खिचेको भन्दै प्रदर्शनकारीले पत्रकारको खुट्टा भाँचे

काठमाडौँ : प्रहरीको हतियार खोसेको प्रदर्शनकारीले फोटो खिचेका फोटो पत्रकारको खुट्टा भाँचिदिएका छन्। राजावादी प्रदर्शनकारीहरूले अनलाइन खबरका पत्रकार दिनेश गौतमको खुट्टा भाँचिदिएका हुन्।
गौतमका अनुसार उनले फोटो खिचेपछि किन फोटो खिचिदिएको भन्दै उनको खुट्टा भाँचिदिएका हुन्। प्रदर्शनकारीहरूले उनलाई सिआइडीको आरोप समेत लगाएका थिए।
शुक्रवार राजतन्त्रको माग गर्दै तीनकुनेमा राजावादीहरू प्रदर्शनमा उत्रिएका थिए। प्रदर्शन हिंसात्मक हुँदा एक पत्रकार र एक प्रदर्शनकारी मारिएका थिए।
चैत १६, २०८१ शनिबार ००:२१:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।