मन्त्रिपरिषद् निर्णय : तीनकुने घटनाको छानबिन गर्ने, घाइतेको निशुल्क उपचार

मन्त्रिपरिषद् निर्णय : तीनकुने घटनाको छानबिन गर्ने, घाइतेको निशुल्क उपचार

काठमाडौँ : मन्त्रिपरिषद्को बैठकले राजावादीहरूको प्रदर्शनमा भएको हिंसात्मक घटनामा संलग्नहरूबारे छानबिन गर्न गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ।

आकस्मिक रूपमा बसेको बैठकले घटनाबारे छानबिन गरी दोषीमाथि कार्वाही गर्न गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले बताए।

उनले पूर्व राजा ज्ञानेन्द्र शाहका समर्थकहरूले गरेको अराजक प्रदर्शन, तोडफोड र आगजनीको घटनाको भर्त्सना गर्ने निर्णय भएको र प्रदर्शनमा घाइते भएकाहरूको निःशुल्क उपचारको प्रबन्ध गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको जानकारी दिए।

चैत १५, २०८१ शुक्रबार २३:०८:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।