दुर्गा प्रसाईँमाथि कार्वाहीको तयारी

दुर्गा प्रसाईँमाथि कार्वाहीको तयारी

काठमाडौं : राजावादीहरूको आन्दोलन अराजक बनाएको आरोपमा सरकारले दुर्गा प्रसाईँमाथि कार्वाही गर्ने भएको छ। दुई जनाको ज्यान जाने गरी भएको विरोध प्रदर्शनमा प्रसाईँले प्रहरीलाई गाडीले किच्ने प्रयास गरेका थिए।

उनले प्रदर्शनकारीहरूलाई उक्साउँदै निषेधित क्षेत्र तोड्न उक्साएको भिडियो सार्वजनिक भएको छ। सँगै अराजक भिडले स्थानीय अनि पार्टी कार्यालयमा आगो लगाएका थिए।

विरोध प्रदर्शनको आव्हान नवराज सुवेदी प्रमुख रहेको राजसंस्था पुन स्थापना लागि संयुक्त जनआन्दोलन परिचालन समितिले गरेको थियो। दुर्गा प्रसाईँ समेत सो समितिमा छन्।

शुक्रवारको प्रदर्शनबारे जानकारी दिन गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सहसचिव छवि रिजालले सरकारको प्रसाईँलाई कार्वाहीको दायरामा ल्याउने बताए।

समितिमा सुवेदीसहित रवीन्द्र मिश्र, स्वागत नेपाल, धवल शमशेर राणा लगायतकाहरु रहेका छन्। समितिका अन्य अधिकारीमाथि पनि कार्वाही हुन्छ या हुन्न उनले खुलाएनन्।

चैत १५, २०८१ शुक्रबार २०:०४:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।