जडीबुटीको कार्यालयमा आगो लगाइदिए प्रदर्शनकारीले

काठमाडौं : अराजक भएका राजावादी प्रदर्शनकारीहरूले जडीबुटी प्रशोधन तथा उत्पादन केन्द्रमा आगो लगाइदिएका छन्। प्रदर्शनस्थलबाट फर्कँदै गरेका उनीहरूले जहाँ जे देख्यो जलाउने र तोडफोड गरे।
उनीहरूले सडकमा चलिरहेको निजी गाडीमा आगो लगाइदिएका थिए। तीनकुनेबाट कोटेश्वरहुँदै जडीबुटी हिँडेको समूहले पहिला जडीबुटी प्रशोधन केन्द्रमा तोडफोड गरेका थिए। तोडफोडपछि उनीहरूले कम्पनीमा आगो लगाइदिए।
प्रदर्शनकारीहरूले तीनकुनेमा रहेको एक स्थानीयको घर र एकीकृत समाजवादीको कार्यालयमा समेत आगो लगाइदिएका थिए।
चैत १५, २०८१ शुक्रबार १७:५९:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।