एकीकृत समाजवादीको पार्टी कार्यालयमा राजावादीको तोडफोड, सोफा पनि जलाए

तस्विर : दिपेश श्रेष्ठ/उकेरा
काठमाडौं : राजावादीले एकीकृत समाजवादीको पार्टी कार्यालय तोडफोड गरेका छन्।
तीनकुनेमा आक्रामक भएका राजावादीहरूले आलोनकगरस्थित एकीकृत समाजावादीको पार्टी कार्यालय तोडफोड गरेका हुन्।
प्रदर्शनकारीहरूले हानेको ढुंगाले पार्टी कार्यालयको झ्यालको सिसा फुटेका छन्।
प्रदर्शनकारीहरू पार्टी कार्यालयभित्रै पसेर त्यहाँका सोफाबाहिर ल्याएर आगजनी गरेका छन्। प्रहरीले अहिले स्थिति नियन्त्रणमा लिन सकेको छैन।
चैत १५, २०८१ शुक्रबार १५:५५:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।