राजावादीको सभामा प्रहरीको बल प्रयोग, केही नियन्त्रणमा (तस्बिरहरू)

राजावादीको सभामा प्रहरीको बल प्रयोग, केही नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं : राजसंस्था समर्थकहरूको प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेको छ।

राजसंस्था पुनर्स्थापना, हिन्दू राज्यसहितका माग गरेका उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी साथै निषेधित क्षेत्र समेत तोड्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो।

त्यस क्रममा प्रहरीलाई राजावादीले ढुङ्गा प्रहार गरेका छन् भने प्रहरीले पनि पानीको फोहोरा र पाँच राउन्ड अश्रुग्यास प्रहार गरेर भीड तितरबितर पारेकाे छ।

यसै क्रममा राजावादीहरु तीनकुने पुलबाट नयाँ बानेश्वरतर्फ अघि बढ्न खोज्दै धकेलाधकेल गरेपछि प्रहरीले केही राजावादीहरूलाई नियन्त्रणमा समेत लिएको छ।

प्रदर्शनका क्रममा भएको झडपमा केही राजावादीहरू घाइते भएका छन्।

राजसंस्था पक्षधर राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल तथा विभिन्न राजसंस्थावादी संस्थाहरूले तीनकुनेमा प्रदर्शन गरेका हुन्।

राजवादीहरू हातमा राष्ट्रिय झण्डा र ज्यानमा पूर्वराजा ज्ञानेन्द्र शाह दम्पत्तिको तस्बिर अंकित टिसर्ट लगाएर सडकमा उत्रिएका थिए।

चैत १५, २०८१ शुक्रबार १३:५१:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।