अष्ट्रेलियामा आम चुनाव घोषणा, सर्वेक्षणमा कुन दल कस्तो?

एजेन्सी : अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले देशमा मे ३ मा संघीय चुनाव हुने घोषणा गरेका छन्।
शुक्रबार एन्थोनी अल्बानीजले चुनाव घोषणा गरेका हुन्। अल्बानीजको लेबर पार्टीसँग अहिले बहुमत नभएको चर्चाका बीच निर्वाचन घोषणा गरिएको हो।
जनमत सर्वेक्षणले अस्ट्रेलियाका दुई प्रमुख राजनीतिक दलहरू ( लेबर पार्टी र लिबरल पार्टी बीच कडा प्रतिस्पर्धा हुने भविष्यवाणी गरेको छ।
यस्तो अवस्थामा, दुवै प्रमुख राजनीतिक दलहरूले सरकार बनाउन स्वतन्त्र सांसदहरू वा अन्य साना दलहरूमा भर पर्नुपर्ने सम्भावना छ।
२०२२ सालमा भएको चुनावमा साना दल र स्वतन्त्र उम्मेदवारहरूले कीर्तिमानी मत प्राप्त गरेका थिए।
पत्रकार सम्मेलनमा अल्बानीजले जीवनयापनको लागतलाई सम्बोधन गर्ने आफ्नो वाचा दोहोर्याए।
उनले पहिले नै थप निस्शुल्क स्वास्थ्य सेवा प्रदान गर्ने, विद्यार्थी ऋण घटाउने र सानो कर कटौती लागू गर्ने योजना घोषणा गरिसकेका छन्।
अल्बानीजले आफ्ना प्रतिद्वन्द्वी पिटर डटनलाई निर्वाचित गर्नु देशको लागि एक कदम पछाडि हट्ने बताएका छन्।
चैत १५, २०८१ शुक्रबार १०:३२:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।