बङ्गलादेशसँगको व्यापार पनि घाटैमा, २७ करोड निर्यात गर्दा  २ अर्बभन्दा बढी आयात

बङ्गलादेशसँगको व्यापार पनि घाटैमा, २७ करोड निर्यात गर्दा  २ अर्बभन्दा बढी आयात

झापा : चालु आर्थिक वर्षको पहिलो आठ महिनामा बंगलादेशबाट दुई अर्ब ९६ करोड ९१ लाख ५२ हजार बराबरका मालसामान आयात भयो। यता नेपालबाट भने बङ्गलादेशमा २७ करोड ६८ लाख ५४ हजार बराबरका सामान निर्यात भयो।

काँकडभिट्टास्थित नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडका प्रमुख सुवास पाण्डेयका अनुसार बंगलादेशबाट नेपालमा सबैभन्दा धेरै अप्रशोधित जुट आयात भएको थियो। जुट मात्र एक अर्ब ६० करोड रुपैयाँ बराबरको आयात भएको थियो। अन्यमा ब्याट्री, पोल्ट्री फिड सप्लिमेन्ट, कस्मेटिक सामान, हाइड्रोजन प्याराअक्साइड, जुट यार्न, विद्युतीय उपकरण, औषधि, आलु, पेपर, ग्लास र खाद्य पेय पदार्थहरू बंगलदेशबाट नेपाल आउने गरेका छन्।

काँकडभिट्टाबाट जम्मा २३ करोड ६२ लाख ५८ हजारको खुदो निर्यात भएको थियो। अन्यमा जडीबुटी, घरेलु सामग्री र पशु आहार बङ्गलादेश निर्यात हुने गरेका छन्।

चैत १४, २०८१ बिहीबार १६:५३:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।