राजावादीलाई काउन्टर दिन समाजवादी मोर्चाले आठ रुटबाट र्‍याली निकाल्दै (सूचीसहित)

राजावादीलाई काउन्टर दिन समाजवादी मोर्चाले आठ रुटबाट र्‍याली निकाल्दै (सूचीसहित)
फाइल तस्बिर

काठमाडौं : राजावादीहरूले सक्रियता बढाएपछि त्यसलाई काउन्टर दिन लागेको समाजवादी मोर्चाले भोलिका कार्यक्रमका लागि आठ वटा रुट तय गरेको छ।

भृकुटीमण्डपमा कार्यक्रम गर्न लागेको मोर्चाले माइतीघर मण्डला, कुपन्डोल, त्रिपुरेश्वर, सुन्धारा, न्यूरोड गेट, सोह्रखुट्टे, शान्तिवाटिका र मैतिदेवीबाट र्याली निकाल्ने तय  गरेको छ।

माइतीघर मण्डला नेकपा माओवादी केन्द्रको र्याली निस्कने छ। सो र्याली  बबरमहल, माइतीघर मण्डला, थापाथली, त्रिपुरेश्वर, शहिदगेट, भद्रकाली हुँदै मञ्चमा मिसिने छ।

यस्तै, माओवादी केन्द्रले नै कुपण्डोल, थापाथली चोक, त्रिपुरेश्वर, सुन्धारा, न्युरोड गेट, शान्तिबाटिका, पुरानो बसपार्क हुँदै त्रिपुरेश्वरको जुलुससँग मिसिने एउटा आन्दोलनको टोली बनाएको छ।

अर्को टोली त्रिपुरेश्वर, सुन्धारा, न्युरोड गेट, शान्तिबाटिका, पुरानो बसपार्क हुँदै मञ्च सुन्धाराको जुलुससँग मिसिने बताइएको छ।

यस्तै सुन्धारा रुटको विप्लव नेतृत्वको नेकपाले नेतृत्व गर्नेछ। सुन्धारा, न्युरोड गेट, शान्तिबाटिका, पुरानो बसपार्क हुँदै मञ्चमा विप्लवमा नेताहरूको टोली रहनेछन्।

न्युरोड गेटको रुटमा नेपाल समाजवादी पार्टी रहने छ। न्युरोड गेट, रत्नपार्क, भोटाहिटी, विश्वज्वति हल, घण्टाघर, पुतलीसडक, पद्मोदयमोड हुँदै मञ्च  भोटाहिटीमा सोह्र खुट्टेको जुलुससँग मिसिने बताइएको छ।

यस्तै, सोह्रखुट्टे, शान्तिबाटिका, मैतीदेवीबाट पनि जुलुसहरू निस्कने छन्। एकीकृत समाजवादी मैतीदेवी, पुतलीसडक, पद्मोदयमोड हुँदै मञ्चसम्म जुलुस निकाल्ने छ।

समाजवादी मोर्चामा माओवादी केन्द्र, एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेकपा र नेपाल समाजवादी पार्टी छन्। र्यालीको समय भने तय भइसकेको छैन।

चैत १४, २०८१ बिहीबार १२:१३:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।