एउटै मञ्चमा देखिए ओली, देउवा र प्रचण्ड, गरे संयुक्त उद्घाटन

एउटै मञ्चमा देखिए ओली, देउवा र प्रचण्ड, गरे संयुक्त उद्घाटन

काठमाडौं : तीन ठूला दलका शीर्ष नेताहरू एकै मञ्चमा देखिएका छन्।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवाद्यी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार काठमाडौंमा एउटै कार्यक्रममा उपस्थित भएका हुन्।

सामान्यतया एउटै मञ्चमा नदेखिने उनीहरू बिहीबार नेपालको सङ्क्रमणकालीन न्याय प्रक्रिया तथा द्वन्द्व पीडितहरूको सत्य, न्याय र परिपूरणीय अधिकार सम्बन्धी राष्ट्रिय सम्मेलनमा उनीहरू एकसाथ देखिएका हुन्। उनीहरूले एकसाथै कार्यक्रमको समेत उद्घाटन गर्न गरे।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका कामलाई सफल बनाउन सरकारका तर्फबाट आवश्यक सबै सहजीकरण हुने प्रतिबद्धता व्यक्त गरे।

पीडितलाई न्याय र परिपूरण दिन सरकार सक्रिय रहने विश्वास दिलाउँदै उनले विगतमा भएको अनावश्यक र अनुचित हिंसालाई अब उप्रान्त नहुने सुनिश्चिता गर्दै शान्ति प्रक्रियालाई निष्कर्षमा लान सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनलाई संसदबाट सहमतिमा पारित गराइएको समेत स्मरण गरे।

चैत १४, २०८१ बिहीबार ११:४८:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।