क्विन्टन डी ककको ९७ रनमा आईपीएल २०२५ मा कोलाकाताको पहिलो जित

एजेन्सी : क्विन्टन डी ककको ६१ बलमा ९७ रनको मद्दतले कोलकाता नाइट राइडर्सले आईपीएल-२०२५ मा आफ्नो पहिलो खेल जितेको छ।
बुधबार भएको खेलमा टोलीले राजस्थान रोयल्सलाई ८ विकेटले पराजित गर्दै कोलकाताले पहिलो जित निकालेको हो।
केकेआरका मोइन अली र वरुण चक्रवर्तीले धेरै किफायती बलिङ गरे, दुवैले २-२ विकेट लिए।
केकेआरले गुवाहाटीको बरसापारा क्रिकेट रंगशालामा बलिङ गर्ने निर्णय गर्यो। राजस्थानले ९ विकेट गुमाएर १५१ रन बनायो।
टोलीका लागि ध्रुव जुरेलले ३३ र कप्तान रायन परागले २५ रन बनाए। कोलकाताले १७.३ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो।
चैत १४, २०८१ बिहीबार ०७:२३:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।