४.५ रेक्टरस्केलको भूकम्प, केन्द्रबिन्दु हुम्लाको कालिका

काठमाडौँ : हुम्ला जिल्लाको कालिका केन्द्रबिन्दु भएर चार दशमलव पाँच रेक्टरस्केलको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बुधवार साँझ ७ बजेर ४४ मिनेट जाँदा हुम्लाको कालिका आसपास केन्द्रबिन्दु भएर चार दशमलव पाँच रेक्टरस्केलको भूकम्प गएको हो।
यसअघि बुधवार साँझ ६ बजेर २७ मिनेट जाँदा चीनको तिनग्री कन्ट्री आसपास केन्द्रबिन्दु भएर पाँच दशमलव पाँच रेक्टरस्केलको भूकम्प गएको थियो।
चैत १३, २०८१ बुधबार २०:५५:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।