राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५ घोषणा

काठमाडौं : राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)ले ‘राष्ट्रिय फोटो पत्रकारिता दिवस २०८२’ को अवसरमा ‘५ औँ राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५’ आयोजना गर्ने भएको छ।
वैशाख १३ मा हुने फोटो पत्रकारिता अवार्डमा १६ विधामा ट्रफी, सम्मान पत्र प्रदान गरिने आयोजकले जानकारी दिएका छन्। ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्राप्त गर्ने व्यक्तिलाई २५ हजार रुपैयाँ, ट्रफी र सम्मान पत्र प्रदान गरिनेछ।
राष्ट्रिय फोटो पत्रकारिता अवार्ड अन्तर्गत दैनिक जीवन, खेलकुद, महिला, पर्यटन तथा संस्कृति, आर्थिक, राजनीतिक, मनोरञ्जन, स्वतन्त्र तथा समग्र फोटो पत्रकारिता समेटिएको आयोजकले जानकारी दिएका छन्।
प्रदेशस्तरीय अवार्डतर्फ कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उत्कृष्ट फोटो पत्रकारलाई सम्मान गरिने उल्लेख छ।
चैत १३, २०८१ बुधबार १९:२७:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।