शेयर बजारमा उत्साहजनक उछाल, कारोबार रकम भने घट्यो

शेयर बजारमा उत्साहजनक उछाल, कारोबार रकम भने घट्यो

काठमाडौं : बुधवार नेपाल स्टक एक्सचेन्जमा सकारात्मक रुझान देखियो। अघिल्लो दिन ५८ अङ्क घटेको शेयर बजार बुधवार ३९.१३ अङ्क बढेर नेप्से परिसूचक २६२१ अङ्कमा पुग्यो।

कारोबार रकममा भने घट्यो। अघिल्लो दिन ५ अर्ब १८ करोडको कारोबार भएकोमा बुधवार ४ अर्ब २० करोडको कारोबार भएको छ। कुल कारोबारमा सहभागी कम्पनीहरू मध्ये २ सय ३१ कम्पनीको मूल्य बढेको छ भने १२ कम्पनीको मूल्य घटेको छ।

बुधवार सबै क्षेत्रका सूचकहरू बढे। अन्य र जीवन बीमा सेक्टर सबैभन्दा धेरै दुई प्रतिशतले बढेका छन्। बैङ्किङ, विकास बैंक, फाइनान्स, होटेल तथा पर्यटन, हाइड्रोपावर लगायतका क्षेत्रहरूमा समेत सकारात्मक वृद्धि देखिएको छ।

दिनभरि धेरै कारोबार हुने कम्पनीहरूमा हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बीमा, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स, नारायणी डेभलपमेन्ट बैंक र युनाइटेड मोदी हाइड्रोपावर अग्रणी रहेका थिए।

कारोबार अवधिमा केही कम्पनीहरूले उल्लेखनीय मूल्य वृद्धि हासिल गरेका छन्। माउन्टेन हाइड्रोको मूल्य ५.८५ प्रतिशत, स्वेतगंगा हाइड्रोपावरको ५.३५ प्रतिशत, मनकामना इन्जिनियरिङको ५.१९ प्रतिशत, राप्ती हाइड्रोको ४.९७ प्रतिशत र हाथवे इन्भेस्टमेन्ट कम्पनीको ४.४७ प्रतिशतले मूल्य बढेको छ।

यस्तै, उपकार लघुवित्तको मूल्य ७.०९ प्रतिशत र नारायणी डेभलपमेन्ट बैंकको मूल्य ५.०४ प्रतिशतले घटेको छ। समग्रमा, बुधवारको कारोबार दिन नेपाली शेयर बजारका लागि सकारात्मक र उत्साहजनक रहेको थियो।

चैत १३, २०८१ बुधबार १७:१४:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।