सनलङको इलेक्ट्रिक कार्गो पिकअप नेपालमा

सनलङको इलेक्ट्रिक कार्गो पिकअप नेपालमा

काठमाडौं : सनलङको इलेक्ट्रिक कार्गो पिकअप नेपाल भित्रिएको छ। ब्लु कर्पोरेसन प्रालिले सनलङको कार्गो भ्यान नेपाल ल्याएको हो। 

कम्पनीले ललितपुरको बालकुमारीमा शोरुम स्थापन गरेर सनलङ ईभीयू(३ कार्गो भ्यान सार्वजनिक गरेको छ। सनलङ ईभीयू-३ मा ७० किलोवाट क्षमताको मोटर उपलब्ध रहेको र यसमा कम्पनीले ४२ किलोवाट आवरको लिथियम आइरन फोस्पेट ब्याट्री दिएको कम्पनीले जानकारी दियो। यसलाई एक पटकको फुलचार्जमा २८६ किलोमिटरसम्म रेन्ज दिने कम्पनीको भनाइ छ।

सनलङ ईभीयू-३ को लम्बाइ ४९९५ एमएम, चौडाइ १६६५ एमएम, उचाइ १८२० एमएम र ह्वीलवेस ३०५० एमएम रहेको छ । यसको कार्गोको स्पेसको लम्बाइ ३१५५ एमएम, चौडाइ १५४० एमएम र उचाइ ३३० एमएम छ । यसको १.४ टन लोडिङ क्षमता रहेको छ।

यसको टप स्पिड ९० किलोमिटर प्रतिघण्टासम्म छ । यसमा १८० एमएम अग्लो ग्राउन्ड क्लियरेन्स पाउन सकिने र यसमा भएको ब्याट्री र मोटरमा ५ वर्ष वा २ लाख किलोमिटरसम्मको वारेन्टी दिने कम्पनीले जानकारी दिएको छ।

ब्लु कर्पोरेसनले ३१ लाख ४५ हजार रुपैयाँ तोकेर बिक्री सुरु गरेको हो । कम्पनीले निकट भविष्यमै कमर्शियल भ्यानसमेत ल्याउने तयारी थालेको छ । कम्पनीसँग १२ सिटे, १४ सिटे, १९ सिटे भ्यान उपलब्ध हुनेछ।

चैत १३, २०८१ बुधबार १७:०७:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।