सुनसरीको सेन्टर प्लाजामा आगलागी हुँदा फसेका ११ जनाको उद्वार

इटहरी : सुनसरीको ईटहरी उपमहानगरपालिका-६ स्थित सेन्टर प्लाजामा चैत्र १३ गते भएको आगलागीमा फसेका ११ जनाको उद्वार गरिएको छ।
आगलागी भएपश्चात खटिएको सुरक्षा निकायको टोलीले ११ जनाको उद्धार गरेको सशस्त्र प्रहरीका सहायक प्रवक्ता सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए।
सेन्टर प्लाजाको चौथो तलामा आगलागी भएको जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीबाट १ सय ५ जनाको सुरक्षा फौज विपद् व्यवस्थापन सामाग्रीसहित खटिएको थियो।
उनका अनुसार आगलागी नियन्त्रण तथा उद्वार कार्यमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित नौ वटा दमकलको सहयोगमा नियन्त्रणमा लिने कार्य भइरहेको छ।
चैत १३, २०८१ बुधबार १४:२५:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।