कुलमान घिसिङ जस्ता योग्य कर्मचारीलाई सरकारले अपमान गर्यो : देवेन्द्र पौडेल

काठमाडौं : माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले कुलमान घिसिङ जस्तो योग्य कर्मचारीलाई अपमान गर्ने जुन काम भयो त्यो खेदजनक रहेको बताएका छन्।
बुधबार प्रतिनिधि सभा बाहिर बोल्दै उनले लोडसेडिङ मुक्त राष्ट्र बनाउन मूल नेतृत्व गरेको घिसिङलाई सम्मान गर्नु सट्टा सरकारले अपमान गरेको भन्दै यो खेदजनक भएको बताएका हुन्।
‘लोडसेडिङ मुक्त राष्ट्रको रूपमा हामी अघि बढ्दैछौँ। त्यसको मूल नेतृत्व कुलमान घिसिङले गरेको कुरा सबैलाई थाहा छ,’ उनले भने, ‘योग्य कर्मचारीलाई सम्मान गर्न त जान्नुपर्छ नि! सम्मान गर्नुको सट्टा सरकारले अपमान गर्ने काम जसरी भएको छ, त्यो खेद जनक छ।’
कुलमान घिसिङलाई हटाउनु र लोडसेडिङ अन्त्यको श्रेय भारतलाई मात्र दिनु खेदजक भएको उनको भनाइ छ।
चैत १३, २०८१ बुधबार १२:५९:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।