नबिल बैंकको कायममुकायम सीई‌ओमा मनोज्ञ ज्ञवाली नियुक्त

नबिल बैंकको कायममुकायम सीई‌ओमा मनोज्ञ ज्ञवाली नियुक्त

काठमाडौं : नबिल बैंकको कायमुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)मा मनोज ज्ञवाली नियुक्त भएका छन्।

बैंक सञ्चालक समितिको चैत १३ गते बसेको बैठकले हाल वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत रहेका ज्ञवालीलाई कामु सीईओमा नियुक्त गरेको हो।

गत पुसमा मात्रै वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा बढुवा भएका ज्ञवालीले  सञ्चालक समिति र सेयरधनीहरूसँग नजिक भएर काम गरिरहेका छन्।

समितिले बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुंगानाले दिएको राजीनामा चैत १० गतेदेखि लागू हुने गरी स्वीकृत गरेको छ।

चैत १३, २०८१ बुधबार १२:०७:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।