सानिमा बैंकद्वारा गोरखामा आयोजित दुई दिने स्वास्थ्य शिविरमा आर्थिक सहयोग

काठमाडौं : सानिमा बैंकले गोरखामा आयोजित दुई दिने स्वास्थ्य शिविरमा आर्थिक सहयोग गरेको छ।
आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकले गोरखास्थित नेपाली सेना रिपुमर्दन गण र शहिद लखन गाउँपालिकाद्वारा संयुक्त रूपमा आयोजित दुई दिने बृहत स्वास्थ्य शिविरमा आर्र्थिक सहयोग गरेको हो।
गोरखा जिल्लाको शहिद लखन गाउँपालिका-६ घैरुङ स्वास्थ्य चौकीमा सञ्चालित उक्त कार्यक्रममा ५२५ जना स्थानीय बासिन्दाहरूले निःशुल्क स्वास्थ्य सेवा प्राप्त गरी लाभान्वित भएका छन्।
शिविरमा महिलाहरूको पाठेघरको मुखमा हुने क्यान्सर, हाडजोर्नी, स्त्रीरोग, चर्मरोग, मधुमेह, जनरल ओपिडीका साथै विविध रोगको परीक्षण गरी आवश्यकता अनुसार निःशुल्क औषधी पनि वितरण गरिएको छ।
बैंकले भविष्यमा पनि समाजमा सकारात्मक विकास गर्ने तथा विभिन्न किसिमका सामाजिक उत्थानका कार्यक्रमहरु गर्ने योजना बनाएको छ।
चैत १३, २०८१ बुधबार ११:०२:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।