यु१९ विश्वकपको एसिया छनोटको कमर्सियट राइट्स बिक्रीमा, न्यूनतम मूल्य ५० लाख

यु१९ विश्वकपको एसिया छनोटको कमर्सियट राइट्स बिक्रीमा, न्यूनतम मूल्य ५० लाख

काठमाडौं : नेपाल क्रिकेट संघ क्यानले आईसीसी यु१९ पुरुष विश्वकप एसिया छनोटका लागि कमर्सियल राइट्सको बिक्री खुला गरेको छ।

क्यानले बुधबार एक सूचना निकालेर ५० लाख रुपैयाँमा कमर्सियल राइट्सको बिक्री अधिकार खुला गरेको हो। यो राइटुसमा प्रोडक्सन र ब्रोडकास्टिङका साथै ब्रान्ड प्लेसमेन्ट र मिडिया राइट्सको विषय पनि छ।

सबैभन्दा उच्च मूल्य तिर्नेलाई राइट्स दिने क्यानद्वारा जारी सूचनामा उल्लेख छ। १ अप्रिल दिउँसो १ बजेभित्र तोकिएका कागजातसहित क्यानको कार्यालयमा आवेदन दिनुपर्नेछ।

तल्लो र माथिल्लो मैदानमा हुने क्रिकेट प्रतियोगिताका लागि १० क्यामेरा सेटअपको प्रोडक्सन हुनुपर्ने भनिएको छ।

आईसीसी यु१९ पुरुष विश्वकप एसिया छनोट १३ देखि १९ अप्रिलसम्म तल्लो र माथिल्लो मुलपानी क्रिकेट मैदानमा हुनेछ।

प्रतियोगितामा नेपाल, अफगानिस्तान, हङकङ, ओमान र युएईसहित पाँच टोली सहभागी हुँदैछन्। यसमध्ये विजयी टोलीले सन् २०२६ मा हुने विश्वकप खेल्नेछ।

चैत १३, २०८१ बुधबार १०:०८:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।