आईपीएल : डेथ ओभरमा उत्कृष्ट ब्याटिङ र बलिङ गर्दै पञ्जाबले गुजरातलाई हरायो

आईपीएल : डेथ ओभरमा उत्कृष्ट ब्याटिङ र बलिङ गर्दै पञ्जाबले गुजरातलाई हरायो

एजेन्सी : डेथ ओभरमा उत्कृष्ट ब्याटिङ र बलिङ गर्दा जारी आईपीएलको पाचौं खेलमा पञ्जाब किंग्सले गुजरात टाइटन्सलाई ११ रनले पराजित गरेको छ।

नयाँ कप्तान श्रेयस अय्यरको साथ आईपीएलमा प्रवेश गरेको पञ्जाबले ५ विकेट गुमाउँदै २४३ रन बनाएको थियो।

जवाफमा गुजरातले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २३२ रन बनाउन सक्यो, जुन जितको लागि पर्याप्त भएन।

गुजरातले मंगलबार अहमदाबादको नरेन्द्र मोदी रंगशालामा बलिङ गर्ने निर्णय गर्यो।

पञ्जाबका लागि श्रेयसले ९७ रन बनाए भने उनीसँगै शशांक सिंहले ४४ र प्रियांश आर्यले ४७ रन बनाए। गुजरातका साई किशोरले ३ विकेट लिए।

जवाफी ब्याटिङमा आएको गुजरातका लागि साई सुदर्शनले ७४, जोस बटलरले ५४, शेरफान रदरफोर्डले ४६ र कप्तान शुभमन गिलले ३३ रन बनाए।

पञ्जाबका लागि अर्शदीप सिंहले दुई तथा मार्को यानसन र ग्लेन म्याक्सवेलले समान एक-एक विकेट लिए।

अन्तिम छ ओभरमा ७६ रन चाहिएकोमा पञ्जाबले त्यो रन बचाउँदै खेल आफ्नो पक्षमा पार्यो।

चैत १३, २०८१ बुधबार ०७:४७:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।