एएफसी एसियन कप छनोटमा मलेसियासँग २-० ले हार्‍यो नेपाल

एएफसी एसियन कप छनोटमा मलेसियासँग २-० ले हार्‍यो नेपाल

काठमाडौं : एएफसी एसियन कप छनोटको अन्तिम चरण अन्तर्गत भएको पहिलो खेलमा नेपाल मलेसियासँग २-० ले पराजित भएको छ।

मलेसियाले पहिलो र दोस्रो हाफमा समना १-१ गोल गर्दै तीन अङ्क निश्चित गरेको थियो।

खेल अवधिभर मलेसियाले पूर्ण दबाबमा राखेको नेपाल विरुद्ध खेलको २९ औं मिनेटमा गोल गर्दै अग्रता बनाएको थियो।

उसका लागि हेक्टर हेभलले गोल गर्दै टिमलाई अग्रता दिलाए। सुल्ताइन इब्राहिम स्टेडियममा हेक्टरले आफ्नो डेब्यु खेलमै गोल गरेका हुन्।

पहिलो हाफमा पूर्ण दबाबमा खेलेको नेपालविरुद्ध मलेसियाले दोस्रो हाफमा पनि सोहि लय कायम राख्यो। उसका लागि ७० औं मिनेटमा लाभेरी कोर्विनले अग्रता दोब्बर बनाए।

उनले फ्रिकीक बलमा अरिफ अमिन हनापीको आकर्षक क्रसलाई गोलमा परिणत गरेका थिए। 

यो सँगै मलेसियाले समूहमा महत्वपूर्ण तीन अङ्क प्राप्त गरेको छ। समूहमा मलेसिया सहित नेपाल, भियतनामा र लाओस रहेका छन्। 

होम एण्ड अवे खेलपछि शीर्ष स्थानमा रहने एक टिमले एसियन कपमा स्थान बनाउने छ।

चैत १३, २०८१ बुधबार ०७:१३:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।