एभरेष्ट बैंकद्वारा ग्लोबल मनी विक २०२५ कार्यक्रम सम्पन्न

एभरेष्ट बैंकद्वारा ग्लोबल मनी विक २०२५ कार्यक्रम सम्पन्न

काठमाडौं : एभरेष्ट बैंकले चैत ४ गतेदेखि सप्ताहव्यापी अभियान अन्तर्गत ग्लोबल मनी विक २०२५ को उपलक्ष्यमा देशभर वित्तीय साक्षरता कार्यक्रमहरू सम्पन्न गरेको छ।

उक्त कार्यक्रम अन्तर्गत बैंकले सातै प्रदेशका विभिन्न शाखा मार्फत विभिन्न स्कुल/क्याम्पसहरूमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरी झण्डै तीन हजारभन्दा बढी विद्यार्थीहरूबीच वित्तीय साक्षरता सन्देश दिन सफल भएको छ।

उक्त कार्यक्रममा केही विद्यार्थीहरूलाई बैंकको शाखा समेत अवलोकन गराई बैंकले दिने सेवा सम्बन्धि जानकारी गराइएको छ।

वित्तीय साक्षरता कार्यक्रमहरूमा युवाहरूमा वित्तीय ज्ञान, सीप, मनोवृत्ति, वित्तीय समावेशीकरण, वित्तीय सचेतना, सुरक्षित डिजिटल कारोबार, बैंकहरूले दिने सेवा र यसमा अपनाउनु पर्ने सावधानीका विषयहरूमा सचेतना कार्यक्रम आयोजना गरिएको थियो।

चैत १२, २०८१ मंगलबार ११:४२:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।