‘एनसेल एनएसएल’को अवसरमा मैत्रीपूर्ण फुटबल

काठमाडौं : चैत १५ गतेबाट सुरू हुने एनसेल नेपाल सुपर लिग (एनएसएल)को अवसरमा काठमाडौंको लैनचौर खेलमैदानमा एक मैत्रीपूर्ण फुटबल खेल आयोजना गरेको छ।
तीन टिमको सहभागिता रहेको यो मैत्रीपूर्ण खेलमा नेपाल खेलकुद पत्रकार संघको टिम विजयी भएको छ।
सेभेन ए साइड फुटबल मैदानमा खेलिएको यस खेलमा पहिलो खेल एनसेल टिम र पूर्व राष्ट्रिय खेलाडी तथा भेट्रान फुटबलर अनिल गुरुङको नेतृत्व रहेको कलाकार तथा मोडलहरूको टिमबीच भएको थियो।
यसमा एनसेल टिमले अनिल गुरुङको टिमलाई २-१ का साथ १ गोलको अन्तरले हराएको थियो।
एनसेल एनएसएलको अवसरमा आयोजित यो प्रतियोगिताको फाइनल खेल नेपाल खेदकुद पत्रकार संघको टिम र एनसेल टिमबीच भएको थियो। यस फाइनल खेलमा नेपाल खेदकुद पत्रकार संघको टिमले २-० ले जित हासिल गरेको थियो।
शनिबारबाट सुरु भई वैशाख १३, २०८२ मा समापन हुने यस फ्रेन्चाइज फुटबल प्रतियोगिता एनएसएल सिजन ३ मा एनसेल प्रमुख प्रायोजकका रुपमा आवद्ध रहेको छ।
यस सिजनमा ललितपुर सिटी एफसी, काठमाडौं रेजर्स एफसी, पोखरा थन्डर्स एफसी, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, झापा एफसी र चितवन गरी नेपालका सात टोलीहरू उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।
एनसेल एनएसएल सिजन ३ दशरथ रंगशालामा एक महिनासम्म सञ्चालन हुनेछ। विभिन्न सात क्लबका उत्कृष्ट खेलाडीहरूलाई एकै मञ्चमा ल्याउने यो एक ठूलो फुटबल प्रतियोगिता हो।
चैत १२, २०८१ मंगलबार ०९:१४:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।