हुन्डाईको क्रेटा ईभी र क्रेटा आईस नेपाली बजारमा, कति पर्छ मूल्य?

हुन्डाईको क्रेटा ईभी र क्रेटा आईस नेपाली बजारमा, कति पर्छ मूल्य?

काठमाडौं : हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले क्रेटा ईभी र क्रेटा आईस(मेड इन नेपाल) नेपालमा सार्वजनिक गरेको छ।

सोमबार काठमाडौंको एक पाँचतारे होटलमा भएको कार्यक्रममा ‘चुज योर फ्यूचर’को थिमसहित हुन्डाईले नेपालले ग्राहकहरूका लागि यी दुई मोडल सार्वजनिक गरेको हो।

क्रेटा ईभीको प्रारम्भिक मूल्य ५१ लाख ९६ हजार र क्रेटा आईसको प्रारम्भिक मूल्य ५३ लाख ९६ हजार रुपैयाँ तोकिएको छ। २०२५ मा आयात गरिने आईस मोडलहरूको मूल्यमा तुलनामा यसको मूल्य नौ लाख रुपैयाँ कम पर्नजाने कम्पनीको दाबी छ।

कार्यक्रममा नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क ते यङ को विशेष उपस्थिति रहेको थियो। हुन्डाईले नेपालमा सन् २०१५ बाट क्रेटाको बिक्री सुरुवात गरेको थियो।

गज्जबको डिजाइन, उत्कृष्ट प्रदर्शन, हरेक भूभागमा मजाले गुड्न सक्ने र प्राय हरेक उमेरका ग्राहकवर्गलाई सुहाउने भएकोले दश हजारभन्दा धेरै ग्राहकहरुको रोजाइ र यात्राको साथी बन्न सफल भएको कम्पनीले जनाएको छ।

हुन्डाई नेपालले इकोसिस्टस डेभलपमेन्टमा पनि अगाडि बढ्दै नयाँ पहिचानको चार्जिङ नेटवर्क ‘रि-ल्याक्स’ मार्फत डिसी चार्जर नेटवर्क निर्माण गरिरहेको छ, जसमा मर्मत केन्द्र पनि समावेश हुनेछन्।

२ सय मिलिमिटर ग्राउन्ड क्लियरेन्स र १७ डिग्री भन्दा बढी ब्रेकओभर एङ्गल भएकाले यो गाडी अफरोडमा चलाउँदा पनि सहज ड्राइभिङ अनुभव पाउन सकिने कम्पनीको दाबी छ।

११ किलोवाट एसी चार्जर भएको गाडी घरमा राखिएको हाउसहोल्ड वाल माउन्टबाट चार घण्टा फुल चार्ज गर्न सकिने बताइएको छ। अधिकांश गाडीले आजकल रिपेयर किट मात्र उपलब्ध गराइरहेको सन्दर्भमा हुन्डाईले स्पेयर टायर पनि उपलब्ध गराउँदै आएको छ।

एडभान्स सेफ्टी फिचर, एडास, ६ वटा एयरब्याग र ३६० डिग्री क्यामेरा भएको गाडीले सुरक्षामा कुनै पनि सम्झौता नगरेको कम्पनीको दाबी छ।

हुन्डाई नेपाल ले क्रेटा ईभीका लागि आठ वर्षको ब्याट्री वारेन्टी र क्रेटा आईसका लागि तीन वर्षको भेहिकल वारेन्टी उपलब्ध गराउँदै ग्राहकलाई लङ-टर्म रिलायबिलिटी प्रदान गर्छ।

चैत १२, २०८१ मंगलबार ०९:०८:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।