थामियो नेप्से परिसूचकको ओरालो यात्रा, २६.१० अंकले बढ्दा सबै समूह हरियो

थामियो नेप्से परिसूचकको ओरालो यात्रा, २६.१० अंकले बढ्दा सबै समूह हरियो

काठमाडौँ : गत सातादेखि निरन्तर ओरालो लागिरहेको पुँजीबजार सोमबार थामिँदा सबै समूह हरियो देखियो। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २६.१० अङ्कले बढेर २,६४०.७८ को बिन्दु कायम भयो।

सोमबार विभिन्न ३ सय २६ कम्पनीका ९७ लाख ३९ हजार ७३८ कित्ता शेयर ५८,२३५ पटक खरिदबिक्री हुँदा ४ अर्ब ४८ करोड ३५ लाख ९९ हजार बराबरको कारोबार भएको छ।

सोमबारको कारोबारमा सबै समूहको उपसूचक हरियो भयो। सबैभन्दा धेरै वित्त समूह ३.५२ प्रतिशतले बढ्यो। अन्य समूहहरूमा बैंकिङ ०.७१%, विकास बैंक ०.७१%, होटेल तथा पर्यटन १.०३%, जलविद्युत् ०.९५%, लगानी ०.८३%, जीवन बीमा १.४६% र उत्पादन तथा प्रशोधन समूह ०.७८% प्रतिशतले बढेको छ। त्यस्तै, लघुवित्त ०.७९%, म्युचुअल फन्ड ०.४४%, निर्जीवन बीमा ०.६५%, व्यापार १.०६% र अन्य समूह १.५०% प्रतिशतले बढ्यो।

गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको शेयरमूल्य सबैभन्दा धेरै ९.५१ प्रतिशतले बढेको छ। सबैभन्दा धेरै घट्नेमा अपर हेवाखोला हाईड्रोपावर कम्पनी लिमिटेडको भयो यसको शेयर मूल्य ४.२६ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै हिमालयन रि-इन्स्योरेन्स लिमिटेडको ३२ करोड ६९ लाख ७७ हजार ५७८ बराबरको शेयर किनबेच भयो। कारोबार भएका शेयर संख्याका आधारमा भने सबैभन्दा धेरै सानिमा ग्रोथ फन्डको ७ लाख १० हजार कित्ता शेयर किनबेच भयो।

चैत ११, २०८१ सोमबार १८:००:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।