स्रोत नखुलेको १० लाख रुपैयाँसहित एक युवक पक्राउ

स्रोत नखुलेको १० लाख रुपैयाँसहित एक युवक पक्राउ

रौतहट : पर्सामा सशस्त्र प्रहरीले एक युवकलाई १० लाख रुपैयाँसहित पक्राउ गरेको छ। वीरगन्जको भन्सार क्षेत्रबाट सशस्त्र प्रहरीले स्रोत खुल्न नसकेको रकमसहित वीरगन्ज महानगरपालिका वडा नम्बर १७ अलौंका २९ वर्षीय प्रदीपकुमार साहलाई पक्राउ गरेको हो।

सशस्त्र प्रहरी नायब उपरीक्षक लोकेन्द्र सुब्बाका अनुसार सशस्त्र प्रहरीले वीरगन्ज-१६ स्थित भन्सार कार्यालय अगाडि बीआर २२ बिजी १४०८ नम्बरको भारतीय मोटरसाइकललाई रोकेर चेकजाँच गर्दा त्यसमा सवार साहको साथबाट रकम बरामद भएको छ।

रक्सौलबाट वीरगन्ज आउँदै गरेको अवस्थामा साहको साथबाट १० लाख ५ हजार नेपाली रुपैयाँ बरामद भएको उनले जानकारी दिए।

बरामद रकमको स्रोत साहले खुलाउन नसकेपछि उक्त रकम र मोटरसाइकलसहित साहलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी पर्साले जनाएको छ।

चैत ११, २०८१ सोमबार १७:०५:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।