विश्व पानी दिवसको अवसरमा सिद्धार्थ बैंकको प्रभातफेरी कार्यक्रम वाकाथन सम्पन्न

विश्व पानी दिवसको अवसरमा सिद्धार्थ बैंकको प्रभातफेरी कार्यक्रम वाकाथन सम्पन्न

काठमाडौं : विश्व पानी दिवस २०२५ को अवसरमा सिद्धार्थ बैंकले पहिलो पटक प्रभातफेरी कार्यक्रम ‘वाकाथन’ आयोजना गरेको छ।

‘पानी बचाऊ, भविष्य जोगाऊ’ भन्ने नारासहित नक्साल नारायणचौरबाट सुरू भएको ५ किलोमिटर लामो यो कार्यक्रम दरबारमार्ग, रत्नपार्क, बागबजार, पुतलीसडक, हात्तीसार हुँदै पुनः नारायणचौरमै सम्पन्न भएको हो।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेलसहित बैंकका कर्मचारी, सरोकारवाला, वातावरणविद्, विद्यार्थी लगायत ६५६ जनाको सहभागिता रहेको थियो। सहभागीमध्ये ३९५ जना पुरुष र २६१ जना महिला थिए।

सिद्धार्थ बैंकले उक्त वाकाथनमार्फत वातावरण संरक्षण, स्वच्छ पानीको दिगो व्यवस्थापन र जलस्रोतको संवद्र्धनका विषयमा जनचेतना फैलाउने उद्देश्य राखेको जनाएको छ।

बैंकले हरित वित्त, डिजिटल बैंकिङ, सामाजिक उत्तरदायित्व र पारदर्शी कारोवारमार्फत दिगो विकास लक्ष्यहरू (SDG) हासिल गर्ने दिशामा काम गर्दै आएको उल्लेख गरेको छ।

कार्यक्रम उद्घाटन गर्दै प्रमुख कार्यकारी अधिकृत कडेलले नेपालको हिमनदीहरू पग्लँदै जानु गम्भीर पर्यावरणीय संकट भएको बताउँदै यसको संरक्षण अब राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय अभियानको हिस्सा हुनुपर्ने धारणा व्यक्त गरे।

उनले जलवायु परिवर्तनका कारण हिमनदी पग्लिँदा प्राकृतिक पानी चक्र नै विघटनमा जान सक्ने खतरा रहेको भन्दै स्वच्छ पानीको संकट रोक्न आजैदेखि चेतनाको आवश्यकता रहेको बताए।

संयुक्त राष्ट्रसंघले सन् १९९३ देखि मार्च २२ लाई विश्व पानी दिवसको रूपमा मनाउँदै आएको छ। यस वर्षको मूल एजेण्डा ‘हिमनदी संरक्षण’ रहेको छ, जसअन्तर्गत सिद्धार्थ बैंकले जिम्मेवार बैंकिङ अभ्यासमार्फत पानीको संरक्षणलाई प्राथमिकतामा राख्दै अभियान सञ्चालन गरेको हो।

चैत ११, २०८१ सोमबार १४:०१:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।