१६ वर्षीया बालिकालाई होटलमा लगेर बलात्कार, एक जना पक्राउ

पाँचथर : १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा हिलिहाङ गाउँपालिका-४ घर भएका २६ वर्षीय दोर्ण रसाईली रहेका छन्। उनलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो।
रसाईलीले ती बालिकालाई फिदिम नगरपालिका-२ रमिते डाँडास्थित रमिते होटलको कोठामा बिहीबार बलात्कार गरेको भन्ने उजुरी परेको थियो।
सोही उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
प्रहरीले अहिले बालिकाको स्वास्थ्य परीक्षणका लागि पठाएको छ भने घटनाबारे आवश्यक अनुसन्धान पनि गरिरहेको छ।
चैत ११, २०८१ सोमबार १२:५९:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।