बसको ठक्करबाट साइकल यात्रीको मृत्यु

बसको ठक्करबाट साइकल यात्रीको मृत्यु

जनकपुर : जनकपुरमा बसको ठक्करबाट साईकल यात्रीको घटनास्थलमै मृत्यु भएको छ।

जनकपुरबाट लक्ष्मीनियाँ जाने ६ लेनको सडकखण्ड अन्तर्गत शनिबार साँझ जनकपुरबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख ३४४१ नम्बरको बसले बाटो काट्दै गरेको साइकल यात्रीलाई ठक्कर दिएको थियो।

बसको ठक्करले लक्ष्मीनियाँ गाउँपालिका वडा नम्बर १ सिनुरजोडा बस्ने स्थानीय रबिन्द्र मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता बरुण बहादुर सिंहले जानकारी दिए।

बस चालक र बस प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जानकारी दिएको छ।

चैत १०, २०८१ आइतबार ११:१३:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।