अभिनेता सुशान्त हत्या प्रकरणमा शंकास्पद विवरण फेला परेन, अनुसन्धान बन्द गर्न सिबिआइको सिफारिस

अभिनेता सुशान्त हत्या प्रकरणमा शंकास्पद विवरण फेला परेन, अनुसन्धान बन्द गर्न सिबिआइको सिफारिस

एजेन्सी : बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मृत्यु सम्बन्धी घटनाको अनुसन्धानमा संलग्न सीबीआइले मुम्बई अदालतमा क्लोजर रिपोर्ट पेस गर्दै अनुसन्धान बन्द गर्न अनुरोध गरेको छ।

सन् २०२० मा आफ्नै फ्ल्याटमा मृत अवस्थामा फेला परेका सुशान्तले आत्महत्या गरेको हो या मृत्युको अन्य कारण हो भन्नेबारे सिबिआइले अनुसन्धान सुरु गरेको थियो।

उनको परिवारले सुशान्तको हत्या शंकास्पद रहेको दाबी गर्दै अनुसन्धानका लागि सरकारसँग आग्रह गरेपछि सरकारले अनुसन्धानको जिम्मा सिबिआइलाई दिएको थियो।

सुशान्तको हत्यालाई एक समूहले बलिउडमा हुने एक्सटोर्सन र लागुऔषधसँग समेत जोडेका थिए। उनको तत्कालीन प्रेमिकामाथि समेत अनुसन्धान भएको थियो।

सिबिआइले अनुसन्धान सक्काएर कुनै मृत्युमा शङ्का गर्नुपर्ने कारण नदेखिएको भन्दै अनुसन्धान बन्द गर्न सिफारिस गरेको हो।

चैत ९, २०८१ शनिबार २२:१२:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।