तनहुँमा पाँच दिनदेखि बेपत्ता युवक मृत फेला

दमौली : तनहुँमा पाँच दिनदेखि बेपत्ता गोरखाका एक युवक मृत फेला परेका छन्।
आँबुखैरेनी गाउँपालिका-२ एक्लेफॉटस्थित मर्स्याङ्दी नदीमा आज ती युवक मृत फेला परेका हुन्।
मृत फेला पर्नेमा गोरखाको नौ किलो घर भएका ३० वर्षीय राहुल कुमाल रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिए।
एक्लेफॉटस्थित ऐना होटलमा काम गर्ने कुमाल यही चैत ५ गतेदेखि बेपत्ता थिए।
शसस्त्र प्रहरी बल मनकामना गण भानुको टोलीले खोजतलास गर्ने क्रममा उनको शव फेला पारेको प्रहरीले जनाएको छ।
चैत ९, २०८१ शनिबार १२:२५:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।