१८औं आईपीएलको उद्घाटन खेलमा कोलकाता र बैंगलोर भिड्दै, वर्षाले बिथोल्ने सम्भावना

१८औं आईपीएलको उद्घाटन खेलमा कोलकाता र बैंगलोर भिड्दै, वर्षाले बिथोल्ने सम्भावना

एजेन्सी : इन्डियन प्रिमियर लिग (आईपीएल)को १८औं सिजन आजबाट सुरू हुँदैछ।

प्रतियोगिताको पहिलो खेल डिफेन्डिङ च्याम्पियन कोलकाता नाइट राइडर्स (केकेआर) र रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)बीच कोलकाताको इडेन गार्डेन रंगशालामा साँझ ७:४५ बजे खेलिनेछ।

लिगको गत सिजनको फाइनल कोलकाता र हैदराबादबीच खेलिएको थियो। यसमा कोलकाताले हैदराबादलाई ८ विकेटले पराजित गर्दै तेस्रो पटक आईपीएलको उपाधि जित्यो। यसैबीच, बेंगलुरु आफ्नो पहिलो उपाधि खोजिरहेको छ।

हेड टु हेड
यी दुई बीच ३५ आईपीएल खेल खेलिएकोमा कोलकाताले २१ र बेंगलुरुले १४ जितेका छन्। इडेन गार्डेनमा दुवै टोली १२ पटक भिडेका छन्, जसमध्ये केकेआरले ८ पटक जितेको छ भने आरसीबीले ४ पटक मात्र जितेको छ।

श्रेयस अय्यरको अनुपस्थितिपछि कोलकाताको कमान्ड अनुभवी अजिंक्य रहाणेलाई सुम्पिएको छ। टोलीमा आन्द्रे रसेल, रमनदीप सिंह र वेंकटेश अय्यरजस्ता अलराउन्डरसँगै वरुण चक्रवर्ती, स्पेन्सर जोनसन, वैभव अरोरा र हर्षित राणा जस्ता उत्कृष्ट बलरहरू पनि छन्।

बेंगलुरुले आईपीएलमा आफ्ना बलरहरूसँग प्रायः संघर्ष गरेको छ, तर टोलीले यस सिजनको लागि जोश हेजलवुड र भुवनेश्वर कुमार जस्ता म्याच विजेताहरूलाई समावेश गरेको छ।

यद्यपि, टोलीमा म्याच जिताउने स्पिनरको अभाव छ, कृणाल पाण्ड्या टोलीका सबैभन्दा अनुभवी स्पिनर हुन्। फ्रेन्चाइजीले आईपीएल २०२५ को लागि रजत पाटीदारलाई कप्तान नियुक्त गरेको छ।

पिच रिपोर्ट
इडेन गार्डेन स्टेडियमको पिच ब्याटिङमैत्री छ। यस रंगशालामा हालसम्म ९३ वटा आईपीएल खेल खेलाइएको छ। जसमध्ये पहिले ब्याटिङ गर्ने टोलीले ३८ खेल जित्दा पछ्याउने टोलीहरूले ५५ खेल जितेका छन्। यस रंगशालामा सर्वाधिक टोली स्कोर २६२/२ हो, जुन गत वर्ष पञ्जाब किंग्सले कोलकाता विरुद्ध बनाएको थियो।

मौसम अवस्था
२२ मार्चमा कोलकाताको मौसम खासै राम्रो नहुने बताइएको छ। केही क्षेत्रमा बिहानैदेखि पानी पर्ने सम्भावना छ भने दिनभरि बादल लाग्नेछ। साँझमा पनि पानी पर्ने सम्भावना ७४ प्रतिशत छ। यस दिन यहाँको तापक्रम २१ देखि २८ डिग्रीको बीचमा रहने अनुमान गरिएको छ।

चैत ९, २०८१ शनिबार १०:३२:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।