प्रधानमन्त्री कप क्रिकेटमा आज कोशी र बागमती भिड्दै

काठमाडौं : प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज कोशी र बागमती प्रदेशबीच खेल हुँदैछ।
खेल विहान नौ बजे लमहीस्थित देउखुरी क्रिकेट मैदानमा हुनेछ।
छ मध्ये चार खेलमा पराजित तालिकाको आठौं स्थानमा हुँदा छमध्ये पाँच खेलमा पराजित कोशी भने नवौं स्थानमा छ।
दुवै टोली आजको खेल जितेर तालिकामा माथिल्लो स्थानमा जान चाहन्छन्।
यसअघि हिजो भएको खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई तीन विकेटले हराएको थियो।
यस्तै कर्णालीले मधेशलाई ८१ रनले हराउँदा त्रिभुवन आर्मी क्लबले गण्डकीलाई ६ विकेटले हराएको थियो।
चैत ९, २०८१ शनिबार ०७:५१:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।