विषयगत शिक्षक राखेर चिट चोराएपछि सुनसरीमा चार निरीक्षक निष्कासित

विषयगत शिक्षक राखेर चिट चोराएपछि सुनसरीमा चार निरीक्षक निष्कासित

इनरुवा : माध्यमिक शिक्षा परीक्षा (एसइई)को दोस्रो दिन आज सुनसरीका दुई परीक्षा केन्द्रबाट चार जना निरीक्षकलाई निष्कासन गरिएको छ।

दुहबी नगरपालिका परीक्षा केन्द्र रहेको सरस्वती माध्यमिक विद्यालय र गढी गाउँपालिका परीक्षा केन्द्र रहेको सरस्वती माध्यमिक विद्यालयबाट दुई/दुई जना निरीक्षकलाई निष्कासन गरिएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए।

प्रजिअ मिश्रको  नेतृत्वमा गएको टोलीले अनाधिकृत गतिविधि गरेको र विषयगत शिक्षक राखेर चिट चोराएको भेटिएपछि निष्कासन गरिएको उहाँले जानकारी दिए।

दुवै परीक्षा केन्द्रका केन्द्राध्यक्षलाई आइन्दा त्रुटि नगर्न सचेतसमेत गरिएको प्रजिअ मिश्रले जानकारी दिए। परीक्षालाई व्यवस्थित, मर्यादित, शान्त र भयरहित बनाउन सबै परीक्षा केन्द्रका केन्द्राध्यक्षलाई आवश्यक ‘सकुर्लर’ गरिएको प्रजिअ मिश्रले बताए।

सुनसरीका ५० परीक्षा केन्द्रमा १३ हजार ५७३ परीक्षार्थी सहभागी भएको शिक्षा विकास तथा समन्वय एकाइ सुनसरीका प्रमुख खगेन्द्र सुवेदीले जानकारी दिए।

चैत ९, २०८१ शनिबार ०७:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।