ट्रमा सेन्टरले आयोजना गर्यो टाउकाको चोटको सचेतना कार्यक्रम

काठमाडौं : राष्ट्रिय ट्रमा सेन्टरले टाउकाको चोटपटकको सचेतनाका लागि प्रभातफेरी कार्यक्रमको आयोजना गर्यो। बिहीबार ट्रमा सेन्टरदेखि सुरु भएको प्रभातफेरि रत्नपार्क, भद्रकाली, शहीदगेट घुमेर ट्रमा सेन्टरमै फर्किएर समापन भएको थियो।
‘टाउकाको चोटपटक सचेतना दिवस–२०२५’को अवसरमा ‘टाउकाको चोटपटक रोकौँ, प्रभाव बुझौँ, जिम्मेवारी निभाउँ’ भन्ने नाराकासाथ सो कार्यक्रम भएको हो। सो कार्यक्रम ट्रमा सेन्टरको आयोजना अनि ट्रमाकै न्युरो सर्जरी विभाग र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको न्युरो सर्जरी विभागको सह आयोजनामा भएको ट्रमा सेन्टरका प्रमुख डा. बद्री रिजालले जानकारी दिए।
चैत ७, २०८१ बिहीबार २०:२४:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।