हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना

काठमाडौं : जल तथा मौसम विज्ञान विभागले आज मुलुकका केही स्थानमा हिमपातको सम्भावना रहेको जनाएको छ।
विभागका अनुसार आज दिउँसो कोशी प्रदेशका हिमाली क्षेत्रमा आंंशिक बदली रही एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
पहाडी क्षेत्रमा भने आंंशिक बदली रही एक-दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना छ।
मधेस प्रदेशमा आज तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना छ। बागमती प्रदेशका हिमाली क्षेत्रमा आंंशिक बदली रहने सम्भावना छ भने तराई क्षेत्रमा मुख्यतया सफा रहने छ।
गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंंशिक बदली रही एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ भने पहाडी क्षेत्रमा आंंशिक बदली रही एक-दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
लुम्बिनी प्रदेशक हिमाली क्षेत्रमा आंंशिक बदली रहने सम्भावना छ भने पहाडी क्षेत्रमा आंंशिक बदलीको सम्भावना छ। तराई क्षेत्रमा मुख्यतया सफा रहने छ।
कर्णाली प्रदेशका हिमाली क्षेत्रमा आंंशिक बदली रही एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ भने पहाडी क्षेत्रमा आंंशिक बदली रही एक-दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा आंंशिक बदली रहने सम्भावना छ भने पहाडी क्षेत्रमा आंंशिक बदली रहने सम्भावना छ। तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ।
चैत ७, २०८१ बिहीबार ०७:५३:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।