सुमनाको आक्रोश- ‘संसद भवनमा रेस्लिङ म्याट राखियोस्, टाउको फुटाएर को बलियो भन्ने निर्धारण होस्’

सुमनाको आक्रोश- ‘संसद भवनमा रेस्लिङ म्याट राखियोस्, टाउको फुटाएर को बलियो भन्ने निर्धारण होस्’

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले संसद भवनमा रेस्लिङ म्याट राख्न सुझाव दिएकी छन्।

बुधबारको प्रतिनिधि सभा बैठकमा स्ववियुको नाममा विश्वविद्यालय र क्याम्पसमा दलहरूको ताण्डव मच्चाएर टाउको फुटाइरहेको भन्दै विद्यार्थीलाई पढ्न दिन आग्रह गरिन्।

‘एक महिनादेखि विद्यार्थीहरूले राम्रोसँग पढ्न पाइरहेका छैनन्,’ उनले आक्रोशित हुँदै भनिन्, ‘विद्यार्थीहरूको पढ्ने हक सुनिश्चित गरियोस्, होइन भने संसद भवनमा एउटा रेस्लिङ म्याट लगाइयोस् र विद्यार्थीहरूको टाउको फुटाउने होइन, आफ्नै टाउको फुटाएर कुन गुट बलियो निर्धारण गर्नुहोस्।’

स्ववियु निर्वाचनको विषयलाई लिएर अहिले विभिन्न क्याम्पसमा विद्यार्थी संगठनबीच झडप भइरहेको छ। त्यसक्रममा केही विद्यार्थीको टाउको समेत फुटेको छ।

चैत ६, २०८१ बुधबार ११:४६:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।