प्रधानमन्त्री कपमा तीन खेल हुँदै

काठमाडौं : प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज तीन खेल हुँदैछन्।
भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा उपाधि दाबेदार नेपाल पुलिस क्लब र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा भइरहेको छ।
देउखुरी क्रिकेट स्टेडियममा मधेश प्रदेश र त्रिभुवन आर्मी क्लबबीच भिड्दा तिलोत्तमास्थित एक्सट्राटेक ओभल मैदानमा सुदूरपश्चिम र लुम्बिनी प्रदेश खेल्दैछन्।
तीनै खेल विहान नौ बजेदेखि सुरु भएको छ।
अंकतालिका हेर्ने हो भने नेपाल पुलिस क्लब पाँच खेलबाट १० अंकसहित तालिकाको शीर्ष स्थानमा हुँदा पाँच खेलमा चार हारसहित आठौं स्थानमा छ।
त्रिभुवन आर्मी क्लब पाँचै खेलमा विजयी हुँदै दोस्रो स्थानमा रहँदा चार खेलमा एउटामा मात्र जित निकालेको मधेश सातौं स्थानमा छ।
उता लुम्बिनी पाँचमध्ये चारमा जित निकालेर तेस्रो स्थानमा रहँदा सुदूरपश्चिम पाँचमध्ये एकमा मात्र जित निकालेर नवौं स्थानमा छ।
यसअघि हिजो भएको खेलमा बागमतीले गण्डकीलाई ६९ र कर्णालीले कोशीलाई १२७ रनले पराजित गरेको थियो।
चैत ६, २०८१ बुधबार ०९:१५:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।