बाख्रा चराउँदै गर्दा लडेर मृत्यु

बाख्रा चराउँदै गर्दा लडेर मृत्यु

काँक्रेविहार : जाजरकोटको बारेकोट गाउँपालिका-३ पछ्याउरीका ५९ वर्षीय खडक डाँगीको बाख्रा चराउने क्रममा लडेर मृत्यु भएको छ।

घर नजिकैको जङ्गलमा बाख्रा चराउने क्रममा मङ्गलबार उनी लडेर घाइते भएका थिए।

घाइते डाँगीलाई उपचारका लागि आधारभूत अस्पताल लिम्सा ल्याउँदै गर्दा आज बिहान बाटोमै मृत्यु भएको बारेकोट गाउँपालिका-३ का वडाध्यक्ष रामबहादुर सिंहले जानकारी दिए।

चैत ६, २०८१ बुधबार ०९:०२:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।