युद्धविरामपछि गाजामा इजरायलको अहिलेसम्मकै ठूलो आक्रमण, ३४ जनाको मृत्यु

युद्धविरामपछि गाजामा इजरायलको अहिलेसम्मकै ठूलो आक्रमण, ३४ जनाको मृत्यु

एजेन्सी : इजरायली सेनाले गाजा पट्टीमा ठूला आक्रमण गरिरहेको बताएको छ।

सेनाले एक विज्ञप्तिमा हमासको ‘आतंकवादी लुक्ने ठाउँहरू’लाई लक्षित गर्दै आक्रमण गरिरहेको बताएको हो।

रोयटर्सले चिकित्सक र प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै मध्य गाजाको देइर अल-बलाहमा तीन घरहरूलाई निशाना बनाइएको बताएको छ। यसबाहेक खान युनिस र रफाहमा पनि भवनहरूलाई लक्षित गरिएको थियो।

गाजाको नागरिक रक्षा निकायले आक्रमणमा ३४ प्यालेस्टिनीको मृत्यु भएको र ७० जना घाइते भएको जनाएको छ।

जनवरी १९ मा गाजामा युद्धविराम सुरु भएयता यो अहिलेसम्मकै सबैभन्दा ठूलो आक्रमण हो।

इजरायली प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र रक्षामन्त्री इजरायल काट्जले मंगलबार बिहान गाजा पट्टीमा आक्रमणको आदेश दिएका थिए।

‘हाम्रा बन्धकहरूलाई रिहा गर्न हमासले निरन्तर अस्वीकार गरेको र अमेरिकी राष्ट्रपतिका विशेष प्रतिनिधि विट कोच र अन्य मध्यस्थकर्ताहरूले गरेका प्रस्तावहरूलाई अस्वीकार गरेपछि यो आक्रमण भएको हो’, विज्ञप्तिमा भनिएको छ।

चैत ५, २०८१ मंगलबार १०:२३:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।