प्रधानमन्त्री कपमा आज तीन खेल हुँदै, एपीएफ र आर्मीको खेल एक्स्ट्राटेकमा

काठमाडौं : प्रधानमन्त्री कप क्रिकेटमा आज तीन खेल हुँदैछन्।
भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा सुदूरपश्चिम र गण्डकी, तिलोत्तमास्थित एक्स्ट्राटेक ओभलमा एपीएफ र आर्मी तथा लमहीस्थित देउखुरी क्रिकेट स्टेडियममा लुम्बिनी र मधेश प्रदेशबीच खेल हुँदैछ।
सबै खेल विहान नौ बजे सुरु हुने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ।
तालिकाको कुरा गर्नुपर्दा सुदूरपश्चिम चार खेलमा एकमा मात्र जित निकालेर पुच्छारमा हुँदा गण्डकी चारमध्ये एकमा जित निकालेर छैटौं स्थानमा छ।
चारमध्ये तीन खेलमा जित निकालेको एपीएफ तालिकाको तेस्रो स्थानमा रहँदा सबै चारै खेल जितेको आर्मी शीर्ष स्थानमा छ।
उता लुम्बिनी चारमध्ये तीनमा जित निकाल्दै चौथो स्थानमा रहँदा तीनमध्ये दुईमा हार व्यहोरेको मधेश पाँचौं स्थानमा छ।
यसअघि हिजो भएको खेलमा एपीएफले कर्णालीलाई पाँच विकेटले पराजित गर्दा कोशीले गण्डकीलाई नौ विकेटले तथा लुम्बिनीले बागमतीलाई ४८ रनले हराएको थियो।
चैत ४, २०८१ सोमबार ०८:१०:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।