प्रतिनिधि सभा बैठक बस्दै, प्रधानमन्त्री र सहकारी मन्त्रीले विधेयक पारित गर्न प्रस्ताव पेश गर्ने कार्यसूची

प्रतिनिधि सभा बैठक बस्दै, प्रधानमन्त्री र सहकारी मन्त्रीले विधेयक पारित गर्न प्रस्ताव पेश गर्ने कार्यसूची

काठमाडौं : प्रतिनिधि सभा बैठक आज पनि बस्दैछ। बैठक विहान ११ बजे बस्ने संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए।

उनका अनुसार आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथिको दफावार छलफल र पारितका लागि प्रस्ताव प्रस्तुत गर्नेछन्।

आजै भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारी सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथिको दफावार छलफल र पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

यसका अलावा आकस्मिक समय, शून्य समय र विशेष समयमा सांसदहरुले बोल्ने क्रम जारीनै रहनेछ।

चैत ४, २०८१ सोमबार ०७:४२:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।