फिल्म ‘अञ्जिला’ को तीन दिनको व्यापार दुई करोड सात लाख

काठमाडौं : फिल्म अञ्जिलाको निर्माण टिमले तीन दिनमा दुई करोड सात लाखको ग्रस कलेक्सन गरेको दाबी गरेको छ। बिहीबार फिल्मको तीन दिनको कारोबार विवरण सार्वजनिक गर्दै निर्माता प्रेमकुमार श्रेष्ठले दुई करोड ७ लाख ग्रस कलेक्सन गरेको बताए।
फिल्म बिहीबार रिलिज भएको हो। फिल्म नेपाली महिला फुटबल टिमकी कप्तान एन्जिलाको जीवनीमा बनेको हो। फिल्ममा दयाहाङ राईसहित एन्जिलाले समेत अभिनय गरेकी छिन्।
चैत ३, २०८१ आइतबार २३:५१:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।